काठमाडौं : अर्थ मन्त्रालयले बजेट विनियोजन गरेसँगै सञ्चालन हुन बाँकी रहेको शिक्षक सेवा आयोगका परीक्षाहरू नरोकिने भएका छन्। बजेट अभावले परीक्षाहरू रोकिने सम्भावना बढेपछि आयोगले बजेट व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको थियो। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले काम बढेको तर त्यसअनुसार बजेट अभाव हुँदा समस्या भएको बताउँदै आएका थिए। ‘शिक्षक भर्ना, बढुवा प्रकृया, परीक्षा सबैलाई काम गत वर्षहरूमा भन्दा बढी भयो तर त्यहीअनुसार बजेट विनियोजन भएन। त्यसैले हामीले काम सम्पादन गर्दै जाँदा अहि