यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

काठमाडौँ। यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बनमा परेका छन्। इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो।