कुरा केही दिनअघिको हो। मेरो मनोदशालाई दशा लागेको थियो। मेरो मनस्थिति ठीक धरातलमा थिएन। नसामा रगत होइन, बेचैनी दौडिरहेको प्रतीत हुन्थ्यो। कुनै संक्रमित रोग बोकेर होइन, उदासी बोकेर मेरो वरिपरि लामखुट्टे भुन्भुनाइरहेका थिए। अपरिभाषित र अदृश्य भयले मेरो गलालाई बेस्सरी अँठ्याएको थियो। बुढो मान्छेको काँपिरहने हत्केला जस्तै भएको थियो, मेरो मन। पेटभित्रबाट केही बटारिएर हरबखत मुखबाट […]