वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान

सुर्खेत –  कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सार्वजनिक ठाउँलगायतका ठाउँमा धेरैले मास्क नलगाएको पाइए पछि जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को आयोजनामा शनिबार ‘तपाईको मास्क खोई ?’ अभियान सुरु गरिएको हो ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा अभियान सुरु गरिएको छ । मुख्यमन्त्री शाहीले नागरिकहरुलाई कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन आग्रह गर्नुभयो । साथै उहाँले खो...