रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका लगाइयो

तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् । सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले टीका […]

सम्बन्धित सामग्री

रानीपोखरीको बालगोपालेश्वरमा भाइटीका लगाउनेहरूको घुइँचो

२९ कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदी–बहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ । त्यसैले रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ । मन्दिर परिसरमा टीका […]

भाइटीका लगाउने भन्दा बालगोपालेश्वर मन्दिर अवलोकन गर्ने अत्यधिक

काठमाडौं । वर्षको एक पटक भाइटीकाको दिन पारेर खुल्ने रानीपोखरी स्थित बालगोपालेश्वरको मन्दिरमा भाइ टीका लगाउने भीड केही कम देखियो । विगतका बर्षहरुमा भाइटीका लगाई दिने र लगाउनेहरुको निकै भिड देखिने बालगोपालेश्वर मन्दिरमा यो पटक टीका लगाउने भन्दा घुमफिर गर्नेहरु बढी देखिन्थे । काठमाडौंकी ३० वर्षीया रविना कपालीले बालगोपालेश्वर मन्दिरमा दाजु भाइलाई टीका लगाउँदै आएको […]

बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटो फिचर)

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पाँचौं र महत्वपूर्ण दिन दिदी बहिनीको हातबाट दाजुभाइले टीका लगाएर समापन गरिन्छ । दिदी बहिनी नहुनेहरुले भने काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने चलन रहेको छ । २०७२ सालको विनाशकारी भूकम्पले रानीपोखरीको बीचमा रहेका बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएपछि केही वर्ष टीका लगाउन रोकियो । मन्दिर पुनःनिर्माण भएपछि …

आफ्नाे दिदीभाइ नहुनेकाे भाइटीका (फाेटाे फिचर)

काठमाडौं : काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पनि भाइटीका लगाइएको छ।दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानै देखि सो मन्दिर खुला गरिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। २०३५ सालपछि नियमित रुपमा रानीपोखरी भित्रको सो मन्दिर खुल्न थालेको हो। २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो मन्दिर गत वर्षमात्रै पुननिर्माण गरिएको थियो।

बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वर दर्शनको व्यवस्था

काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो । यस वर्ष आगामी मङ्सिर १ गते सोमबार भाइटीका परेको छ । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । भाइटीकाकै लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको कामपा वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।