बाढी/पहिरोबाट प्रभावित पाकिस्तानले बङ्गलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भइरहेको पाकिस्तानलाई बङ्गलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो ।
छिमेकी देशको हैसियतले मानवीय सहयोग गर्न लागेको बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गर्नुभएको थियो । तर पाकिस्तानले सहयोग स्वीकार नगर्ने जवाफ दिएको समाचार संस्था एएनआईले जनाएको छ । यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।
सन् १९७...