सदस्यता विवादले महाधिवेनशलाई कुनै असर गर्दैन : निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा क्रियाशील सदस्यताको विवाद कायमै रहेपनि महाधिवेशनमा कुनै समस्या नपर्ने बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निधिले सो कुरा बताएका हुन् । यद्यपि, महाधिवेशन भदौमा हुने वा नहुने भन्ने कुरामा भने अन्योलता नै रहेको उनले बताए । उनले भने– ‘भदौमा महाधिवेशन हुन्छ, यदि भएन भने कहिले हुन्छ, त्यो पनि छिट्टै निर्क्यौल हुनेछ ।’ उनले आफुले सभापतिको उम्मेदवारी दिने कुरा पुनः दोहोर्याए ।  निधिले सभापत