ठगीको नयाँ शैली : सरकारी ड्रेस लगाएर होटल र रेष्टुरेण्टको अनुगमन !

सेतो सर्ट र निलो कोट पाइन्ट, काँधमा आन्तरिक राजश्व कार्यालयको परिचयपत्र । युवा उमेरका केही व्यक्तिहरू जोसका साथ व्यापारिक फर्महरूमा पुग्छन् र कारोबारको विवरण हेर्छन् । कारोबार राम्रै देखिएको र लगत राखिएको स्थानमा पनि कुनै न कुनै कैफियत देखाउँछन् र नगद मै जरिवाना गर्छन् । अनुगमनका क्रममा कैफियत देखिएपछि नगद जरिवाना गर्दै अर्को पटक आउँदा दुरुस्त राख्न पनि भन्छन् र नगद जरिवाना गरिसकेपछि आन्तरिक राजश्व कार्यालय लाजिम्पाट लेखिएको रसिद पनि दिन्छन् । ***व्यापार व्यवसाय भइरहेको स्थानमा अनुगमनक