भोलि अत्यावश्‍यक कामका लागि मात्रै गाडी लिएर निस्कन ट्राफिकको आग्रह

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भोलि बिहीबार उपत्यकाका विभिन्न स्थानमा र्‍याली र जुलुस प्रदर्शनको कार्यक्रम रहेकाले अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरी कार्यालयले  भोली उपत्यका भर नै सवारी आवगमनमा असहजता श्रृजना हुनसक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको हो ।