‘महिला आत्मनिर्भर हुँदा मलाई आत्मसन्तुष्टि मिल्छ’

लरक्क परेको कपाल भित्रभित्र फुले पनि अनुहारमा चमक छ । जोसजाँगर १६ वर्षेजस्तै छ । उमेरले आराम खोज्ने बेला भए पनि रामकली खड्का विपन्न तथा समस्यामा परेका महिलालाई तालिम लिने र रोजगार सिर्जना गर्ने कर्ममा ४७ वर्षदेखि निरन्तर उस्तै जोसजाँगरका साथ सक्रिय छिन् ।रामकली खड्काको जीवनको सुरुवातमा धेरै ठुलो सपना थिएन । पञ्चायतको सामान्य जागिर खाने र जीवन चलाउने नै सोचेकी थिइन् । सोही सोच अनुरुप उनले २०२९ सालमा तत्कालीन श्री ५ को सरकारको ग्राम विकास नामक संस्थामा जागिर सुरु गरिन् । त्यसको एक वर्षपछि महिला प्