कैलालीबाट एक महिलाको हवाई उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेर अवस्था जटिल बनेकी मोहन्याल गाउँपालिका–४ ओखलढुङ्गाकी ३७ वर्षीया बिमला मिजारको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
काठमाडौं– हालसम्म ज्यान जोखिममा परेका छ सय ५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख नीता शर्माले आर्थिक वर्ष २०७५-७६ देखि चालु आव २०८०-८१ को फागुन २८ सम्ममा सो सङ्ख्यामा गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको […]
काठमाडौँ – कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उहाँलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । रास्कोट नगर अस्पतालमा सुत्केरी हुनुभएकी रास्कोट नगरपालिका–८ वाहरकोटकी १७ वर्षीया सङ्गीता लुवारलाई हवाई उद्धार गरिएको हो । नगर अस्पतालमा सुत्केरी हुनुभएकी लुवारको अत्यधिक रक्तस्राव भएपछि हवाई उद्धार गरिएको नगरपालिका […]
कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ। स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।...