कोरोना भाइरसको संक्रमणका कारण हेटौंडामा थप एक जनाको मृत्यु भएको छ ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिए ।मृत्यु हुनेमा महोत्तरी जिल्लाको जलेश्वर–२ बस्ने ५० वर्षीय महिला रहेकी छिन् ।उनको कोभिड एचडियूमा उपचारका क्रममा विहान ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।मृतक महिलामा अन्य कुनैपनि स्वास्थ्य समस्या नरहेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सु