राजनीति गर्ने शिक्षकलाई राजीनामा गराउन नगर प्रमुखको  निर्देशन

काठमाडौं : बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले विभिन्न राजनीतिक पार्टीमा रही सक्रिय रूपमा राजनीति गर्ने शिक्षक कर्मचारीहरूलाई राजीनामा गराउन निर्देशन दिएका छन्।नगर प्रमुख थारूले सूचना नै जारी गरी नगरपालिका भित्रका  राजनीतिमा लागेका सबै सामुदायिक विद्यालयहरूलाई शिक्षक तथा कर्मचारी पदबाट राजीनामा दिन लगाउन निर्देशन दिएको जानकारी गराएको हो।उनले शिक्षक तथा कर्मचारीलाई पदबाट राजीनामा गर्न लगाई सोको विवरण ७ दिनभित्र नगरपालिकाको कार्यालयमा पेश गर्न पन