दिल्लीमा ओमिक्रोनको त्रास, क्रिसमस र नयाँ वर्षमा ठूला कार्यक्रम गर्न रोक

काठमाडौँ । भारतको दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा कुनै पनि ठूला कार्यक्रम गर्न रोक लगाइएको छ। यस्तो रोकको निर्णय दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले गरेको हो । कोरोना संक्रमणको बढ्दो दर र नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अथोरिटीले जनाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टका २१३ संक्रमित […]

सम्बन्धित सामग्री

बेलायतमा ओमिक्रोनको त्रास, व्यवसायीले बन्द गर्दैछन् होटल-रेष्टुरेन्ट

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलन सुरु गरेपछि बेलायतमा होटल-रेष्टुरेन्ट बन्द हुन थालेका छन् । सरकारको नीतिका कारण नभई होटल-रेष्टुरेण्ट आफैँ बन्द हुन लागेका हुन् ।पछिल्लो समय बेलायतमा ओमिक्रोनको संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामै ९० हजारभन्दा बढी कोभिड संक्रमित भेटिएको बेलायतमा लगानीकर्ताले आफै व्यवसाय बन्द गर्न लागेको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।उत्तरी लण्डनमा रहेको ‘मंगल टू’ रेष्टुरेन्टका सह–संस्थापक फरहाक डिरिकले क्रिसमस र नयाँ व