अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानका शीर्ष नेताहरू चीन पुगेका छन्। तालिबानको पुनःउदय भैरहँदा त्रस्त भारतमा भने यो घटनालाई लिएर हलचल मच्चिएको छ। बीबीसी हिन्दीका अनुसार तालिबान नेता मुल्लाह अब्दुल गनी र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच बुधबार उत्तरी चीनको तिआनजीनमा भेटघाट भेटवार्ता भएको हो। पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशी फर्किएको दोस्रो दिनमै तालिबानी नेता चीन पुगेका हुन्। कुरैशीले पनि चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका थिए। अफगानिस्तानमा तालिबान विद्रोहीलाई पाकिस्त