हृदयका स्पन्दनहरू, जीवनी र मूल्याङ्कन : योगमाया र छप्पन भोग

हृदयका स्पन्दनहरू (कवितासँग्रह : कवीन्द्र सिटौला ‘जिज्ञासु’) आठराई, तेह्रथुमका कवीन्द्र सिटौला ‘जिज्ञासु’को पहिलो कविताकृति केही समयअघि सार्वजनिक भएको छ, ‘हृदयका स्पन्दनहरू’ । अमेरिकामा बसोबास गर्ने उनको सक्रियता कविता साहित्यमा रहँदै आएको छ । कृतिकार सिटौला आफ्नो भनाइमा लेख्छन्, “मैले तीस वर्षपहिले लेखेको जीवनको पहिलो कविताको पहिलो हरफले भन्छ, ‘जीवन फुल्नुपर्छ फूलजस्तो’ । कुन...