पूर्वको इलाम, झापा, मोरङ तथा सुनसरीमा गएरातिदेखि अविरल वर्षा भैरहेको छ । निरन्तरको बर्षाले पानीको बहाव बढ्ने र जोखिम निम्त्याउने सम्भावना बढेको छ ।निरन्तर परेको पानीका कारण खोलाहरुमा बाढी आउने तथा होचो ठाउँहरुमा डुबान हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मोवाइलको एसएमएसमार्फत तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।विभागले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आस