नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुलनात्मक रुपमा महिलाहरुले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता सुशासन बढी देखिएको बताएका छन् । बुधबार चितवनको आँप टारीमा भूमिहीन दलितहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले महिलामा इमानदारिता र सुशासन बढी हुने गरेको बताएका हुन् । ‘महिलाहरुले चाह्यो भने धेरै गर्न सक्छन् भन्ने देखियो । मैले शशीजीलाई भूमि व्यवस्था मन्त्री बनाउँदा उहाँको इच्छाशक्ति र दृढता देखेर तपाईले सक्नुहु