९ महिनामा ९ जनाको ज्यान लिने बाघलाई बिहारको बगाहामा गोली हानेर मारिएको छ । उनको २६ दिनदेखि खोजी भइरहेको थियो । शनिबार बाघलाई गोवर्धन थाना क्षेत्रको बलुआ गाउँको खेतमा घेराबन्दी गरिएको थियो । त्यसपछि बन्दुकधारीले बाघलाई ४ गोली हाने । वाल्मीकि टाइगर रिजर्भको यो बाघले शनिबार आमा र छोराको पनि हत्या गरेको थियो। पछिल्लो ३ दिनमा मात्र बाघको आक्रमणमा ४ जनाको मृत्यु भएको बताइएको छ ।बाघले ९ महिनामा १० जनालाई आक्रमण गरेको थियो जसमध्ये ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । शु