बीबीसी। विश्वमा सबैभन्दा मूल्यवान तेल उत्पादक कम्पनी साउदी अरामकोको डेटा लीक भएको छ। एक ठेकेदारको मद्दतमा ह्याकरहरुले डेटा लीक गरेको पुष्टी साउदी अरामको कम्पनीले गरेको छ। ह्याकरहले लीक भएको डेटाको लागि ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) फिरौती मागेका छन्। साइबर सुरक्षामा लगानी नगरेको भन्दै तेल तथा ग्याँस उद्योगको विश्वस्तरमा आलोचना भइरहेका बेला यो घटना सार्वजनिक भएको हो।