त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन

काठमाडौँ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आज बसेको संवैधानिक कानुन व्यवसायी मञ्चको साधारण सभाले आगामी दुई बर्से कार्यकालका लागि त्रिपाठी नेतृत्वको नयाँ कार्यसमितिको चयन गरेको हो । सभाले उपाध्यक्षमा अमर राउत, महासचिवमा सरोज कृष्ण श्रेठ तथा कोषाध्यक्षमा रोशन पोख्रेललाई पनि चयन गरेको छ ।