विशेष महाधिवेशनको प्रस्तावमा पौडेल समूहमै असन्तुष्टि, साझा धारणा बनाउन चाक्सीबारीमा बैठक

नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेलले सहितका केही नेताले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पौडेल समूहमै असन्तुष्टि देखिएको छ । अहिले विशेष महाधिवेशनको परिस्थिति नै नरहेको भन्दै पौडेल समूहका नेताहरुमै असन्तुष्टि देखिएको हो । आगामी भदौमा महाधिवेशनको तयारी भएपनि क्रियाशील सदस्यता विवाद टुंगो नलागेकाले महाधिवेशन हुने नहुने अन्योलताका बीच पौडेलले सार्वजनिक रुपमै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । उनको प्रस्तावलाई अर्का नेता अर्जुन नरसिंह केसीले पनि साथ दिँदै यसबारे बहस छेडेका छन्