गठबन्धनले कांग्रेसले बढी सिट जितेको शेखरको स्वीकारोक्तिः तालमेल नगरौँ भन्ने नेतालाई देउवाको जवाफ, 'एक्लै जितेर देखाउनुस्!'

काठमाडौं: सोमबारबाट नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचन समीक्षाका लागि राखिएको बैठकको सुरुमै उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्ताव र पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरे। त्यसपछि सात प्रदेशका सभापतिहरुले…