बुटवलकी जुनाको पेटमा नौ महिनाको शिशु थियो । पेट बढेर सुत्न मात्र होइन, सास फेर्नसम्म गाह्रो हुन्थ्यो । तर, सुत्केरी हुने दिनसम्म पति गणेशले निरन्तर यौनसम्बन्ध राखे । सुत्केरीको ११ दिनपछि पनि पुनः पोर्न साइटको भाव र आसन अनुसार यौनसम्बन्धमा बाध्य पार्न थाले । सुत्केरीमा यौनसम्बन्ध राख्दा हुने पीडा र रत्तस्रावले जुना शिथिल हुन थालिन् ।