सुन्दर सहरमा घरबारविहीन

अङ्ग्रेजीमा ‘मेरो नाम साइमन हो’ भन्दै एक्कासि एक जवान केटो हात अगाडि बढाउँदै मेरो अगाडि उभियो । मैले पनि नआएको हाँसो सोहोरेर ओठमा ल्याएँ र ‘हाई’, भनेँ । कताबाट हो, पसिनाको गन्ध आइरहेको थियो । मैले उसको ज्यानतिर हेरेँ, पहिरन अस्तव्यस्त थियो । उसको हातमा चुरोट सल्किरहेको थियो । उसले मुस्कुराउँदै सोध्यो, ‘तिम्रो नाम के हो ?’ मैले भनेँ, ‘बसन्ती’ । ऊ अकमक्क परेको मैले थाहा पाएँ । सायद मेरो नाम उच्चारण गर्न उसलाई गाह्रो भयो वा मैले बोलेको बुझेन । मैले फेरि तुरुन्तै मेरो नामलाई छोटो पारेर भनेँ, ‘बसु’ । ‘बसु, कति राम्रो नाम,’ भन्दै ऊ हाँस्यो । हातको सल्किरहेको चुरोट तान्यो र फेरि सोध्यो, ‘कहाँबाट आएको ?’ मैले भनेँ, ‘नेपालबाट, तिमीलाई नेपाल थाहा छ ?’ यति भन्दै म उसलाई नियाल्दै थिएँ