काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकतापछि (साविक नेकपा)को अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बनेका थिए। अध्यक्षद्वयको आन्तरिक टकरावले लामो समयसम्म विवाद चलिरह्यो। नेकपाको विवाद निकासका लागि ओली-प्रचण्डको उत्तराधिकारीका रुपमा सुवासचन्द्र नेम्वाङलाई लिइन्थ्यो। तर, ओलीले पुष ५ गते पहिलो पटक संसद विघटन गरेपछि प्रचण्ड र माधवकुमार नेपालको घेराबन्दी परे। नेम्वाङले ओलीकै कारण अवसर गुमाए। सर्वोच्च अदालतले फागुन ११ गते पहिलो पटक संसद् पुनःस्थापना