मिडिया काउन्सिल विधेयक २०८० को नाम आमसञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमति जुटेको छ । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको थियो ।
काठमाडौँ - राष्ट्रियसभाको आज बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम...
काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाबाट पारित भएर सन्देशसहित आएको उक्त विधेयकलाई दफावार छलफल गर्न संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो । उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पेश […]
काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज बुधवार बस्दै छ। बुधवार दिउँसो १ बजे बस्ने बैठकमा चर्चामा रहेको मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।
जसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाको सन्देशसहित प्राप्त ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्न प्रस्ताव गर्नेछन् । छलफलपछि प्राप्त संशोधनहरुलाई निर्णयार्थ […]