राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

सुर्खेत : सुर्खेतमा सम्पन्न ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।सशस्त्र प्रहरी बल (एपीएफ)सँगको आज भएको फाइनल खेलमा ३–१ तीन सेट जितेर नेपाल पुलिस क्लब उपाधि चुम्न सफल भएको हो। खेलको शुरुमा एपीएफले २५-२२ ल्याएर पुलिस क्लबलाई हरायो। पछि दोस्रो, तेस्रो र चौथो खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो।पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अंक ल्याएको थियो। समूह चरणमा एपीएफसँग भोगेको हारमा पुलिस क्लबले आजको फाइनल खेलमा बदला लिँदै उपाधि नै