झापा – झापाको मेचीनगर नगरपालिका १४ मा रहेको मनषा थाइफुड्स उद्योगमा शनिबार बिहानैदेखि लागेको आगो करिब १० घण्टापछि मात्र नियन्त्रणमा आयो। आगो नियन्त्रणमा त आयो तर त्यहाँ भएका भौतिक संरचना करिब ध्वस्त भए। जलेर खरानी भए। झापालगायत छिमेकी जिल्लाका नगरपालिकाहरूका दमकलले आगो निभाउने प्रयास नगरेका होइनन्। तर आगो उद्योगको चारैतिर फैलिएका कारण नियन्त्रणमा समस्या भयो। […]