काठमाडौं। पूर्वमहान्यायाधीवक्ता अग्नि खरेलले कानून व्यवसायीले न्यायाधीश छान्न अनुचित रहेको बताएका छन्। आज देखापढीसँग कुराकानी गर्दै महान्यायधीवक्ता खरेलले नेकपा एकता सम्बन्धि फैसला र प्रतिनिधिसभा विघटनसँग दाँजेर हेर्न नमिल्ने उनले थप प्रष्ट पारे। “संवैधानिक इजलास गठन हुने सम्बन्धमा समस्या उत्पन्न हुनसक्छ। न्यायाधीशलाई अस्वीकार गर्नु ठिक हुन सक्दैन” उनले भने, “एक अर्काबीच विश्वासको वातावरण नबनेको देखिन्छ।”