चितवनले दोस्रो बागमती प्रदेश खेलकुदमा शुक्रबार पुरुष क्रिकेट प्रतियोगितामा स्वर्ण जितेको छ । महिलामा काठमाडौं च्याम्पियन बनेको छ । चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा पुरुषतर्फको उपाधि भिडन्तमा चितवनले ललितपुरमाथि ३६ रनको जित...
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपाल एपिएफ क्लबले जितेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो । थप समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकर ४-४ को बराबरीमा पुग्दा सडन डेथमा आर्मीलाई हराउँदै एपिएफले स्वर्ण पदक […]
३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हकीमा नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । हेम्जाको गौरीशंकर खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा २-१ ले पराजित गर्दै आर्मीले स्वर्ण जितेको हो । खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आर्मीका रोशन चौधरी र प्रदीप […]
कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफले स्वर्ण पदक जितेको छ ।
पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेकाे हाे । एपीएफले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ काे सेटमा हराएकाे हाे ।
आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई हराएकाे थियो भने एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । ...
३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलमा आयोजक गण्डकी प्रदेश र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको फाइभ अन फाइभ तर्फ विभागीय टोली एपीएफले स्वर्ण जितेको हो भने थ्री अन थ्री तर्फ आयोजक गण्डकी प्रदेशले । फाइभ अन फाइभतर्फ भएको फाइनलमा एपीएफले आयोजक गण्डकीलाई ८१-७९ स्कोरले हरायो र […]
पाेखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ बुधबार बिहान भएकाे खेलमा रामप्रसाद थारुले पुरुष ४०० मिटर हडल्समा स्वर्ण हात पारेका छन्। आर्मीका थारूले ५३.५३ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारेका हुन्। जीवन चौधरीले ५३.८९ सेकेन्डको समय निकाल्दै रजत हात पारे। त्यस्तै, निरप्रताप महतोले एपिएफका ५३.९२ सेकेन्डको समय निकाल्दै काश्य हात पारे।
काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वीनवलपरासीमा सञ्चालन भएको कुस्तीको पुरुषतर्फको चार वटा स्वर्ण पदक विभागीय टोली एपीएफले हात पारेको छ । आज भएको प्रतिस्पर्धामा विभागीय टिम एपीएफले चारवटा स्वर्ण पदक हात पारेको छ । त्यसैगरी पुरुष कुस्तीतर्फ मधेश प्रदेशले तीन स्वर्ण, विभागीय टिम नेपाली सेनाले दुई स्वर्ण र लुम्बिनी प्रदेशले एक स्वर्ण […]