सरकारले साउन महिनाभित्रै सिंहदरबार परिसरबाट ग्याँसका सिलिन्डर हटाउन पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै मन्त्रालयलाई पत्राचार गरेर ग्याँसका सिलिन्डर हटाउन पत्राचार गरेको हो । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयन गर्नेगरी साउनबाटै सिंहदरबार परिसरबाट ग्याँसका सिलिन्डर हटाउन लागिएको हो ।आगामी आर्थिक वर्षको बजेटमा सिंहदरबार परिसरबाट साउन महिनाभित्रै ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्ने व्यवस्था मिलाईने उल्लेख थियो । बजेटअनुसार आगामी ३ महिना भित्र महानगर र उपमहानगरपालिका भित्रका सबै कार्यालयमा भएका ग्याँसका सिलिण्डर हटाउनु पर्नेछ ।