जाडो मौसममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या हुन्छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ ।
यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ ।
चाया आउने कारणहरु
जाडो मौसममा टाउकोमा चायाको बढी असर देखापर्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा टाउकोको त्वचा बढी रुखो हुन्छ, जसको कारणले टाउकोमा चायाको समस्या उत्पन्न हुन्छ । यसको साथै जाडो मौसममा टाउकोमा गलबन्दी र...