गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी लागेसँगै विभिन्न प्रकारका फलफूलहरु बजारमा आउने गर्छन् । फलफूल पोषक तत्वले भरिएको हुन्छ । गर्मीको मौसममा तरबुजा, खरबुजा धेरै मात्रामा खपत हुने गर्छन् । गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइदाजनक छ । यसको सेवनले शरीरलाई ताजा महसुस गराउँछ । यसमा क्याल्शियम, आइरन, भिटामिन ए र भिटामिन सीको मात्रा भरपुर मात्रामा पाइन्छ । यसले मिर्गौला, रक्तचाप र आँखाका लागि फाइदा गर्छ । मधुमेहका रोगीका लागि यो निकै फाइदाजनक हुन्छ । खरबुजामा जीआईको मात्रा कम हुन्छ । यसको