इमरान खानका नजिकका व्यक्तिमाथि प्रहरीको नजर, पूर्वमन्त्री शिरिन मजारी पक्राउ

तेहरिक-ए-इन्साफ पार्टीकी नेतृ तथा इमरान खानको सरकारमा मन्त्री रहेकी डा. शिरीन मजारीलाई प्रहरीले फेरि पक्राउ गरेको छ। उनकी छोरी इमान मजारीले प्रहरीले शिरीन मजारीलाई फेरि आफूसँगै लगेको ट्वीट गर्दै जानकारी दिएकी हुन्। इमान मजारीले यसअघि ट्वीट गर्दै इस्लामावाद उच्च अदालतको स्पष्ट आदेशको बाबजुद पनि पञ्जाब पुलिस उनकी आमालाई पक्राउ गर्न उनको घरबाहिर रहेको बताएकी थिइन्। […]