कुश्मा । मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् ।
पर्वत। पर्वत सदरमुकाम कुश्मा बजारमा वितरण गर्ने पानीको पाइप लाइनमा आएको समस्याका कारण बजारमा पानीको अभाव भएको छ। वर्षाका कारण खोलामा आएको बाढी र पहिरोका कारण पाइप लाइनमा भएको क्षतिका कारण पानीको आपूर्ति बन्द भएको हो । कुश्मा बजारमा मोदी गाउँपालिकामा रहेको पातीखोला र कुश्मा नगरपालिकाको क्यादी खोलाबाट पानीको आपूर्ति हुँदै आएको छ। बजारको पानी […]
मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको हो । साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिव