नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०७४ मा फलानो–फलानोले जितेको थियो भनेर त्यही आधारमा सिट बाँडफाँड गर्दैमा चुनाव जित्न नसकिने बताएका छन् । उनले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भए पनि त्यसको औचित्यबारे प्रश्न उठिरहेको भन्दै त्यसबारे जनतालाई प्रस्टसँग बुझाउनु आवश्यक रहेको बताए ।