निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष पोखरेलको कोरोनाबाट मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण  झापाका युवा उद्योगी व्यवसायी  दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमणमा परी  काठमाडौंमा उपचाररत ५३ वर्षीय पोखरेलको बुधबार राति निधन भएको हो ।