मुख्य सचिव बैरागीले सातवटै प्रदेशका प्रमुख सचिवलाई दिए निर्देशन

काठमाडौं। मुख्य सचिव शंकरदास बैरागीले आज सातवटै प्रदेशका प्रमुख सचिवहरुसँग भर्चुअल कुराकानी गरी विभिन्न निर्देशन दिएका छन्। देशमा ब्याप्त स्वास्थ्य चुनौती हल गर्न नियन्त्रण तथा उपचारका सबै क्रियाकलापमा जोड दिन उनले निर्देशन दिएका हुन्। समस्या समाधनको लािग स्थानीय तहसँग पूर्ण समन्वय, निर्णय छिटो लिन र सबै पक्षमा सक्रिय भई कार्य गर्न समेत उनले निर्देशन दिए।

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शर्माको कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन(पूर्णपाठसहित)

काठमाडौं, २४ माघ । कर्णाली प्रेदशका मुख्यमन्त्री राजकुमार शर्माले कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन दिएका छन्। मुख्यमन्त्री शर्माले प्रदेशका प्रमुख सचिव र सचिवहरुलाई ६१ बुँदे निर्देशन दिएका हुन्। उनले कर्णाली समृद्ध अभियानको कार्यान्वयनदेखि लक्ष्य अनुसार प्रगति हासिल गर्नेसम्मका निर्देशन दिएका छन्। यस्तो छ पूर्णपाठ

प्रभावकारिता हुने किसिमबाट काम गर्नुस्- प्रमुख सचिव डा.रेग्मी

पोखरा । गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेश सरकारको श्वेतपत्र, आवधिक योजना, वार्षिक नीति र कार्यक्रम,बजेट तथा क्षेत्रगत नीतिको प्रभावकारिता हुने किसिमबाट काम गर्न आग्रह गरेका छन् । प्रमुख सचिव डा. दामोदर रेग्मीले पदवहाली गरेकै दिनमा २०७८ श्रावण १० गते भित्र सबै मन्त्रालयले वार्षिक समीक्षा सम्पन्न गरिसक्ने निर्देशन दिए बमोजिम बन, वातावरण तथा […]