कमल थापाको गणतान्त्रिक इनिङ : हिन्दुवादी पार्टीको कहाँ रहला राजनीतिक स्पेस ?

राजतन्त्रकै छत्रछायामा राजनीतिमा उदाएका कमल थापाले राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा भने राजतन्त्रकै एजेण्डा छाड्न पुगेका छन् । अझ रोचक के भयो भने पछिल्लो डेढ दशक निरन्तर राजसंस्था पुनःस्थापनाको पक्षमा वकालत गर्दै आएका थापा एउटा घटनाले भने गणतन्त्रलाई नै स्वीकार्ने अवस्थामा पुगेका हुन् । अर्थात् गत निर्वाचनमा राप्रपाको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराएको भनेर रिसाएका थापा पार्टी नै परित्याग गरेर नयाँ गणतान्त्रिक पार्टी दर्ताको प्रक्रियामा लागेका हुन् । थापाले सम्भवतः फागुन १