काठमाण्डाै – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव प्रचारमा फजुल खर्च कम गराउन भूमिका खेल्न सञ्चार-माध्यमलाई आग्रह गर्नुभएकाे छ । उहाँले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लंघनका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको हाे ।
हिजाे नेपाल टेलिभिजनले आयोजना गरेको निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे आयोजना गरेको कार्यक्रम...