विश्वविद्यालय स्थापनाको एजेण्डा बोकेकी एक्ली थारु उम्मेदवार गीता

कञ्चनपुर ः स्थानीय सीपमा आधारित (रैथाने) विश्वविद्यालय स्थापनाको एजेण्डा लिएर कञ्चनपुरको निर्वाचन क्षेत्र २ (क) मा प्रदेशसभा सदस्यमा एक्ली युवा महिला उम्मेदवारका रुपमा गीता चौधरी चुनावी मैदानमा उत्रिएकी छन्।नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनु भएकी चौधरी थारु समुदायको एक्लो उम्मेदवार रहेकी छन्। पेशाले कानुन व्यवसायी (अघिवक्ता) रहेकी उनी रैथाने विश्वविद्यालय स्थापनाका लागि एक वर्षदेखि संघर्ष गर्दै आएकी छन्।‘दलित, थारुलगायत अन्य समुदायम