पारिवारिक, आर्थिक, न्यायिक, ज्ञात–अज्ञात जेसुकै कारणले भए पनि अहिले देशका दुई ठूला दलहरू मिलेर सरकार बनाउने अवस्था आउँदा हामीले देशमा स्थायित्व आउने आधारमा सकारात्मक नै मान्नुपर्ने हुन्छ । अझ मिडियामा आएजस्तो ती दलहरूले साँच्चै संविधान संशोधन नै गर्ने सम्झौता गरेका हुन् भने त यो कदम झनै स्वागतयोग्य नै मान्नुपर्छ ।