ताप्लेजुङमा डोको बुन्ने प्रतियोगिता, फुङलिङका लक्ष्मण गुरुङ प्रथम

ताप्लेजुङ‍ - दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको दोश्रो दिन आज डोको बुन्ने प्रतियोगिता भएको छ । डोको बुन्ने प्रतियोगितामा सबैभन्दा छिटो डोको बुनेर फुङलिङ नगरपालिकाका लक्ष्मण गुरुङले उपाधि जित्नुभएकाे छ ।  प्रतियोगिताकै उत्कृष्ट (राम्रो) डोको बुन्नेमा फुङलिङ नगरपालिकाकै धनबहादुर गुरुङ प्रथम हुनुभएको हाे । उत्कृष्टतर्फ दोस्रो फुङलिङकै लक्ष्मण गुरुङ हुनुभएको छ । तेश्रो भने सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका कालीबहादुर गुरुङ हुनुभएको मेला तथा महोत्सवका सञ्चार संयोजक दिनेश ल...