काठमाडौं। कुल ७५३ स्थानीय तहमध्ये ६३६ तहमा स्वास्थ्य बीमाको पहुँच पुगेको सरकारले बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७५ वटै जिल्लामा बीमाको पहुँच पुगेको र त्यसमध्ये ६३६ स्थानीय तहमा पुगिसकेको बताए। यसैगरी, उनले नेपालमा स्वास्थ्य बीमा गर्नेको संख्या ३८ लाख ६० हजार पुगेको समेत बताए।