बुटवल–नारायणगढ सडकखण्डको दूरावस्थाले ५० प्रतिशत व्यापार घटेको दावी

२९ मंसिर, बुटवल । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम छिटो पूरा गर्न रुपन्देहीका ठूला लगानीका होटेल व्यवसायीहरुले माग गरेका छन् । सडकको दुरावस्थाले ५० प्रतिशत व्यापार घटेको दाबी गर्दै उनीहरुले सडक विस्तारको काम छिटो सक्न माग गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तारको बुटवलमा शिलान्यास गरेका थिए । […]