तरकारी किसान मर्कामा

बेमौसमी ताजा तरकारी बालीबाट आर्थिक अवस्था सुधारमा लागेका तेह्रथुम सहित धनकुटा र संखुवासभाका किसान बजार अनिश्चितता र मुल्यमा आएको उतारचढावका कारण मारमा परेका छन् । बेमौसमी बन्दा, काउली, मुला, रायोको साग र मटरकोसा खेतीबाट किसानले वर्षेनी ५० करोड भारतीय मुद्रा गाउँमा भित्र्याउँदै आएका थिए ।