मेलम्चीको बाँकी काम पूरा गर्न सिनो हाइड्रोसँग सम्झौता

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो ।

सम्बन्धित सामग्री

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडियो

तनहुँ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतवार (आज) संयुक्तरूपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।   आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट शुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मि. लामो सुरुङ ‘ब्रेक थ्रु’ छ । मुख्य सुरुङको ब्यास ७.४ मि. रहने छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने छ ।  सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे ।  ‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने ।  सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नुपर्ने बताए ।  ‘मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थ्रु गरी आयोजनाका मुख्य माइलस्टोनहरू पूरा भएका छन्, निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणको कामलाई तीव्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेबार भएर लाग्नु पर्छ’, उनले भने । उनले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको निर्माण छिट्टै अगाडि बढाइने बताए ।  आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।  मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।  प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण कार्य धमाधम भइरहेको छ ।  आगामी असार दोस्रो साता (सन् २०२४ मे)भित्र जग खन्ने कार्य सम्पन्न गरी त्यसपछि (सन् २०२४ जुलाई)बाट मुख्य बाँधको जग निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । प्याकेज–१को समग्र भौतिक प्रगति २९ प्रतिशत रहेको छ ।  प्याकेज–१अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.) लि. नेपाल जे.भीले गरिरहेको छ ।  आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरणहरू जडान लगायतका कार्य भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करीब ५५ प्रतिशत छ ।  प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के.इ.सी. इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ ।  ३४.७ कि.मि. प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत छ ।  आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।  यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरूसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरूमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।  सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरूमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायतका गरी ५६ वटा परियोजना सम्पन्न भएका छन् । सात वटा परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितहरूको जीविकोपार्जन तथा आयाआर्जन वृद्धिका लागि विभिन्न शीपमूलक तालिम सञ्चालन गरिएको छ ।  कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

माथिल्लो तामाकोसीबाट ठेकेदार फर्कन सकस

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पूरा भएको ७ महिना बितिसक्दा पनि ठेकेदार आयोजनास्थलबाट फर्कन पाएको छैन । काम पूरा भएपछि आयोजनाको संरचना बनाउन ल्याइएका मेसिन, उपकरणहरू फिर्ता लैजान नपाएपछि आयोजनास्थलमै आफ्ना सामग्रीको सुरक्षाका लागि ठेकेदारका प्रतिनिधि कुरिरहेका हुन् ।आयोजनामा ४ वटा अन्तर्राष्ट्रिय ठेकेदारले काम गरे । जसमा सिभिलततर्फ चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रो मेकानिकाल र […]

माथिल्लो तामाकोसीबाट ठेकेदारलाई फर्कन सकस

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पूरा भएको ७ महिना वितिसक्दा पनि ठेकेदार आयोजना स्थलबाट फर्कन पाएको छैन । काम पूरा भएपछि आयोजनाको संरचना बनाउन ल्याइएका मेसिन, उपकरणहरू फिर्ता लैजान नपाएपछि आयोजनास्थलमै आफ्ना सामग्रीको सुरक्षाका लागि ठेकेदारका प्रतिनिधि कुरिरहेका हुन्।आयोजनामा ४ वटा अन्तर्राष्ट्रिय ठेकेदारले काम गरे । जसमा सिभिलततर्फ चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रो मेकानिकाल र प्रसारण लाइनमा भारतीय कम्पनीहरूटेक्सम्याको एण्ड रेलवे इन्टरनेशनल र केइसी इन्टरनेशनलका साथै इलेक्ट्रिक

तामाकोसीका निर्माण उपकरण ढुवानीमा अवरोध, सुरक्षा दिन प्रशासनको बेवास्ता

३ भदौ, काठमाडौं । निर्माण सम्पन्न भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठेकेदारलाई बाँकी रहेका निर्माण सामग्री, मेसिन, उपकरणहरु अन्य स्थानमा लैजान अवरोध भएको छ । आयोजनाको सिभिल संरचना (लट १)को ठेकेदार सिनो हाइड्रो निर्माण कार्य पूरा गरी आफ्ना उपकरण तथा सामग्रीहरु आफू ठेकेदार भई निर्माणाधीन अवस्थामा रहेका  अन्य आयोजनामा लैजान लागेको हो । […]

तनहुँ जलविद्युत् आयोजना : सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा

काठमाडौँ । ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा भएको छ । आयोजनाको प्याकेज दुई अन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम सकिएको हो । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । यसअघि २८०.८५ […]

१४० मेवा क्षमताको तनहुँ जलविद्युत् आयोजना : बाँध जाने सुरुङ खन्ने काम पूरा

जेठ २२, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट(मेवा) क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध जाने पहुँच सुरुङ पूरा भएको छ । काम शुरु गरेको चार महीनामा बाँध जाने पहुँच सुरुङको काम शुक्रवार पूरा भएको हो । सडक पुर्‍याउन नसकिने भएकाले आयोजनाले पहुँच सुरुङ खनेको आयोजना प्रमुख अच्युत रेग्मीले जानकारी दिए । उनका अनुसार ३१४ मिटर लामो सुरुङ खन्ने काम सकिएको छ ।             आयोजनाको प्याकेज १ अन्तर्गतको निर्माण कम्पनीले गर्नुपर्ने काम सम्झौतामा ढिलाइ भएपछि प्याकेज २ अन्तर्गतको सिनो हाइड्रो कम्पनीले उक्त सुरुङ खन्ने काम पूरा गरेको हो ।  पहुँच सुरुङ सम्पन्न भएपछि पानी पठाउने मुख्य सुरुङ जान पनि सहज हुने भएको छ ।             राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको तनहुँ जलविद्युत् आयोजनाको काम निषेधाज्ञाको अवधिमा पनि सञ्चालन भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले बताएको छ ।            आयोजनाको तीन ओटै प्याकेजका कामलाई निरन्तरता दिइएको छ । केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माणलगायतका पहिलो प्याकेजको काम शुरु गरिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।            घिमिरेका अनुसार भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरु फिल्डमा खटिएका छन् । दुवै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताए। आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि रु १६ अर्ब ६२ करोडमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महीनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।            आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एशियाली विकास बैंक ९एडिबी० को खरीद निर्देशिकाअनुरूप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।            प्याकेज २ अन्तर्गतको विद्युतगृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी ३७० जना परिचालित छन् । प्याकेज २ को कामका लागि २५० जना श्रमिक क्याम्पभित्रै छन् ।            प्याकेज २ अन्तर्गत सात ओटा भागमा एकैचोटि काम भइरहेको छ । यो प्याकेजअन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत्गृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य भइरहेको छ ।             प्याकेज ३ अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ३० जना श्रमिक परिचालित छन् । प्रसारण लाइन निर्माणका लागि टावर फाउण्डेशनको काम जारी छ । तेइस ओटा टावर निर्माणका लागि काम सम्पन्न भइसकेको र १० ठाउँमा काम शुरु भइरहेको छ । रासस

काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो - Naya Patrika

दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले सुरुङमार्ग निर्माणमा चासो देखाएका हुन् । त्यसमध्ये...पूरा पढ्नुहोस् »