काठमाडौँ – एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा आफ्नो फोरजी सेवा सुधार गरेको छ। आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम फोरजी सेवामा थप सुधार गरेको एनसेलले जनाएको छ। देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको एनसेलको भनाइ छ। […]