बुटवल–गोरुसिङ्गे–चनौटा सडक स्तरोन्नति गरिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चनौटा सडक चार लेनमा स्तरोन्नति हुने भएको छ । विश्वबैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा ६९ किलोमिटर लम्बाइको सडक आगामी वर्षबाट निर्माण अघि बढाइने सडक विभागले जनाएको छ ।

सम्बन्धित सामग्री

बुटवल–गोरुसिङ्गे–चनौटा सडक स्तरोन्नति सुरु

नेपाललाई अन्तर्राष्ट्रिय राजमार्गमा जोड्ने गरी सडक स्तरोन्नति सुरु भएको छ। पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) अन्तर्गत पूर्व पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेन खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिन लागेको हो। विश्व बैङ्कको करिब ३५ अर्ब रुपियाँ (२७ करोड ५० लाख डलर) बराबरको सहयोगमा आयोजनाको सुरुवात भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले आइतबार एक कार्यव्रmममा आयोजनाको सुरुवात गर्नुभयो।